लियो मकवानपुर हेटौंडाको अध्यक्षमा पौडेल

लियो क्लब अफ मकवानपुर हेटौंडाको अध्यक्षमा सुदिन पौडेल चयन भएका छन् । क्लबको आज सोमबार भएको तेस्रो वार्षिक साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि पौडेलले नेतृत्व सम्हाल्ने भएका हुन् ।
लायन्स वर्ष २०१७/१८ बाट चार्टर सचीवका रुपमा जिम्मेवारी सम्हल्दै आएका पौडेल वर्ष २०१८/१९ र २०१९/२० मा पनि क्लबको सचीवको जिम्मेवारी सम्हल्दै आएका थिए ।
३ कार्यकाल लियो क्लबको सचीवको जिम्मेवारी सम्हालेका पौडेल विभिन्न सामाजिक संंघ संस्थामा आवद्ध भएर काम गर्दै आएका छन् ।










