रौतहटमा अत्यावश्यक सामानको पसल खोल्न दिने सुरक्षा समितिको निर्णय

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार ०२:३१
;

जिल्ला सुरक्षा समितीले रौतहटमा खाद्यान्न तथा आधारभुत उपभोग्य सामग्री विक्री वितरण गर्ने पसलहरु खोल्न दिने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका खाद्यान्न तथा आधारभूत उपभोग्य सामाग्री विक्री वितरण गर्नका लागि दैनिक बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको हो ।

नेपाल सरकारको हिजो सोमबारको मन्त्रीपरिषद बैठकले थप १० दिन (बैशाख २५ गतेसम्म) का लागि लकडाउन लम्ब्याउने निर्णय गरेपछी जिल्लाको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधरणलाई खाद्यान्न लगायतका सामाग्रीको अभाव हुन नदिन भन्दै समितिको बैठकले पसल खोल्न दिने निर्णय भएको हो ।

यसअघि अत्यावश्यक खाद्यान्न सामाग्री घरदैलो सेवा अन्र्तगत व्यापारीहरुले घरमै सामान पु¥याउने व्यवस्था मिलाइए पनि सो प्रभावकारी नभएकाले सर्वसाधरणले समस्या भएकाले यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

हाललसम्म खाद्यान्न तथा उपभोग्य सामग्री होम डेलेभरीको ब्यवस्था मिलाइएकोमा सर्वसाधारणवाट धेरै असुविधा भएको भन्ने गुनासो आएको हुनाले पसलहरु खोल्न दिने निर्णय गरेको उनको भनाइ छ ।

सिडिओ घिमिरेका अनुसार यसरी खोलिने पसलहरुमा बिक्रेताले अनिवार्य रुपमा सामाजिक दुरी कायम गराउनुपर्ने र सामान खरिद गर्ने क्रममा भिडभाड नहोस् भनेर विशेष सजकता अपनाउनु पर्नेछ।

उनले यसको अनुगमनको समेत हुने र अनुगमनका लागि प्रशासनको टोली र प्रहरीको टोली अझ सशक्त ढंगबाट परिचालन गरिने बताए ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*