लायन्स मकवानपुर बजार सिल्भरको अध्यक्षमा श्रेष्ठ

लायन्स क्लब अफ मकवानपुर बजार सिल्भरको अध्यक्षमा पुनः टीका कुमारी श्रेष्ठ (कविता) चयन भएकी छिन । लायन्स वर्ष २०२०/२१ का लागि क्लबको पहिलो वार्षिक साधारण सभाले श्रेष्ठकै नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो ।
क्लब अघिल्लो वर्ष (लायन्स वर्ष २०१९/२०) मा खुलेको र सबै सदस्यहरुको पदावधि ३६५ दिन (एक वर्ष) नपुगेकोले क्लबले श्रेष्ठलाई नै क्लबको नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेको हो ।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः समिता सुनार रसाइली, बिमला लामा र मैयाँ प्रधान रहेका छन् भने सचिव नमुना पाण्डे र कोषाध्यक्षमा सरिता बिडारीलाई जिम्मेवारी दिएको छ ।
लायन्स क्लबको विद्यान अनुसार प्रत्येक क्लबका सदस्यहरुले एक कार्यकालमा पूरा ३ सय ६५ दिन कार्यभार सम्हाल्नु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार क्लबको अध्यक्ष सहित सबै पदाधिकारी यथावत रहने भएको हो ।