रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार १८:०३
;

रौतहटको थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।जिल्लाको वृन्दावन नगरपालिका-९ भुसहा र देवाही गोनाही नगरपालिका-१ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

रौतहटका प्रमुख महेश साहका अनुसार संक्रमित दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

तर पिसिआर बिधिबाट ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । संक्रमित ती युवक हाल क्वारेन्टाइनमै रहेका छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*