प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटार पुगे प्रचण्ड
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री केपी शर्मा ओलिसंग छलफलका लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलिसंग पार्टी भित्रको आन्तरिक विवाद बारे छलफलका लागि अध्यक्ष प्रचण्ड निवास बालुवाटार पुगेका हुन् ।
पार्टीमा चर्किएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले बोलाएपछि अध्यक्ष दाहाल केहीबेरअघि बालुवटार पुगेका हुन् ।
यसअघि ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । नेकपाभित्र पछिल्लो समय शक्ति संघर्ष सुरु भएको छ ।
आजै बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित भएका बेला दुई अध्यक्षबीच बालुवटारमा संवाद हुने भएको छ।