लायन्स हेटौंडा मुक्तिनाथको अध्यक्षमा उप्रेती

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २०:३६
;

लायन्स क्लब अफ हेटौडा मुक्तिनाथको अध्यक्षमा लायन तेज प्रसाद उप्रेती (रमेश) चयन भएका छन् । क्लबको आज मंगलबार भएको चौथो साधारण सभाबाट उप्रेति सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

लायन्स वर्ष २०२०/२१ का लागि उप्रेतिले क्लबको नेतृत्व गर्ने छन् । लायन्स वर्ष २०१५/१६ मा स्थापना भएको क्लबको संस्थापक सदस्यबाट लायन्स क्लबमा जोडिएका उप्रेतीले क्लबको विभिन्न जिम्मेवारी बहन गर्दै आएका थिए । वर्ष २०१९/२० मा क्लबको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका उप्रेतीले आउदो वर्ष क्लबको नेतृत्वको जिम्मेवारी पाएका छन् ।

क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः लायन निराजन बर्तौला, कलम फुयाँल राजकुमार बस्तोला छन् भने सचिवमा लायन कुमार पोखरेल, सह-सचिवमा केशर श्रेष्ठ, कोषाध्यक्षमा लायन अमृत पाठक र सह- कोषाध्यक्षमा नितेश अमात्य लगायत चयन भएको क्लबका पुर्व अध्यक्ष बिकेशलाल श्रेष्ठले बताएका छन् ।

सभा क्लबका निवर्तमान अध्यक्ष लायन रोशन सापकोटाको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*