सांसद अपहरणको जाहेरी दिन जसपाका नेता सरकारी वकिल कार्यालयमा

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २१:०९
;

सांसद अपहरणको जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दिइएको जाहेरी महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी लिएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ, बबरमहल पुगेका हुन् । 

सांसद यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको जसपाको आरोप छ ।

यादवसहित पार्टीका शीर्ष नेताहरु आइतबार जाहेरी लिएर प्रहरी परिसर टेकु पुगे पनि प्रहरीले जाहेरी लिन मानको थिएन । सरकारी वकिलको कार्यालयमा राजेन्द्र महतो, उपेन्द्र यादव, अशोक राईलगायतका नेताहरु उपस्थित छन् ।

सांसद यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएका थिए। उक्त प्रकरणलाई समाजवादीले अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*