प्रधानमन्त्री ओली र प्रचण्ड बिचको छलफल निष्कर्ष विहिन

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २१:३६
;

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड बिच भएको छलफल निष्कर्ष विहिन भएको छ । पार्टी भित्रको विवाद हल गर्ने उद्देश्यले भएको प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति बिना नै टुङ्गिएको स्रोतले जनाएको छ ।

पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री ओलीले बैठक नराख्नेगरि आलटाल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*