लकडाउनले सुनसान दामन, सरकारले राहत नदिए व्यवसाय नै छोड्ने मनस्थितिमा 

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २१:५८
;

मकवानपुरको प्रमुख पर्यटकीय स्थल सिमभञ्ज्याङ, दामन, पालुङ, टिष्टुङ्ग, बज्रबाराहीमा पनि परेको छ । लकडाउन हुनु अघि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक सयौंको संख्यामा पुग्ने गरेका थिए, तर अहिले सो क्षेत्र सुनसान छ । 

कोरोना संक्रमणको त्रासका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउन भएपछि अत्यावश्यक बाहेक सबै क्षेत्र ठप्प छ । यसको असर सबै तिर परेको छ । यस्तै प्रभाव पर्यटन तथा होटल व्यवसायमा समेत परेको छ । व्यवसाय गर्न मासिक लाखौं घरभाडा तिरेर व्यवसाय गरेकोमा अहिले सुनसान भएपछि आफ्नो व्यवसाय नै जोखिममा परेको व्यवसायीहरुको गुनासो रहेको छ । 

यस बिषयमा व्यवसायीका अनुसार घरधनीले मासिक भाडामा केही सहुलियत गरेमात्रै पनि धेरै ठूलो राहत हुने बताउँदै आएका छन् । व्यवसाय गर्न करोडौं रकम लगानी नै डुब्ने अवस्थामा आफूहरु पुगेको गुनासो गर्दै आएका छन् । पर्यटन व्यवसायीहरुको समस्यालाई समाधान गर्नका लागि थाहा नगरपालिकाले पर्यटन व्यवसायी, घरधनी र स्थानीय निकायसँग संयुक्त छलफल गर्न लागिएको थाहा उद्योग वाणिज्य संका अध्यक्ष कविराज खत्रीले बताएका छन् । 

तर घरधनीहरु आफूहरुले घर बनाउन बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको र मासिक ब्याज तिर्नुपर्ने भएकाले आफ्नो मासिक ब्याज छुट भएमा घरभाडामा केही सोच्न सकिने अन्यथा भाडा छुट गर्न नसकिने तर्क गरिरहेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*