सरकारी वकिलको कार्यालयले पनि सांसद अपहरणको उजुरी लिन मानेन
सरकारी वकिललको कार्यलयले अपहरण मुद्धामा जाहेरी दर्ता गर्न अस्विकार गरेको छ । जनता सामाजवादी पार्टीका नेताहरू पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका नेता द्वय महेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ (किसान) विरुद्ध जोहरी दिन सरकारी वकिललको कार्यलय पुगेका थिए तर कार्यालयले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
जनता सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण मुद्धामा जाहेरी दर्ता गर्न जनता सामाजवादी पार्टीका नेताहरू मंगलवार काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेको तर कार्यालयले पनि उजुरी दर्ता गर्न अस्विकार गरेको छ ।
सरकारी वकिलको कार्यालयले एक हप्ता लाग्ने भन्दै जाहेरी दर्ता गर्न नमानेको हो । अनुसन्धान गर्ने अधिकृतसँग सोधेर मात्र जाहेरी दर्ता गर्ने कार्यालयले बताएको छ ।
जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई केही दिन अघि उनको घर महोत्तरीबाट दबाब दिएर काठमाडौँ ल्याइएको थियो ।
जाहेरी दर्ता गर्न पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका थिए ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको उजुरी लिन अस्वीकार गरेको थियो ।