क्वारेन्टाईनबाट फर्किएको रौतहटका व्यक्तिमा कोरोना संक्रमण
प्रदेश २ को जनकपुरको प्रादेशिक ल्याबमा परीक्षणबाट कोरोना नेगेटिभ पछि गत वैशाख ६ गते रौतहट, चन्द्रपुरको क्वारेन्टाइनबाट घर गएका युवकमा कोरोना देखिएको छ ।
उनको पीसीआर परीक्षणबाट समेत कोरोना संक्रमण देखिएको थिएन । तर, उनै २५ बर्षीय युवकको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएको छ ।
ती युवकमा कोरोना पुष्टि भएपछि स्थानीयप्रशासनले वृन्दावन नगरपालिकाको भुसाहाको सिमाना शील गरेको छ । स्थानीय प्रशासनले रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ को क्षेत्रलाई पनि शील गररेको छ । सोक्षेत्रका सबैको परीक्षण गर्ने प्रशासनको तयारी छ ।
रौतहटमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमणको संख्या ५४पुगेको छ ।