रौतहटमा खाद्यान्न किन्ने पसल खोल्ने अनुमति पनि खारेज

रौतहट जिल्लामा आज थप २ जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले खाद्यान्न र उपभोग्य सामग्रीको पसलहरु पनि बन्द गराएको छ ।
प्रशासनले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिएको अनुमति आजबाट लागूहुने गरी खारेज गरिदिएको छ । रौतहटमाआज थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्वारेन्टाईनबाट फर्किएका व्यक्तिमा समेत कोरोना देखिएपछि स्थानीय प्रशासनले संक्रमण देखिएका व्यक्तिको गाउँ रहेको क्षेत्रमा समुदायकै परीक्षण गर्ने तयारी गरिएको छ ।