नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
तीन मध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी बताइएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएका छन्।










