उदयपुरमा ६ सय ६० को पिसिआर परीक्षण, २सय ७८ क्वारेनटाइनमा

प्रदेश १ को उदयपुर जिल्लामा ६ सय ६० जनाको पिसिआिर परिक्षण गरिसकिएको जनाईएको छ । पिसिआर परिक्षण गरिएका मध्य हालसम्म ५ सय ३१ जनाको रिपोर्ट आईसकेको छ भने, परीक्षण गरिएका मध्य २८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उदयपुरमा चौदण्डीगढी नगरपालिकामा ५८ जना, त्रियुगा नगरपालिकामा २० जना र त्रियुगा नगरपालिका कै भुल्के लगायत आसापासका क्षेत्रका गरी ६ सय ६० जनामा पिसिआर परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताएका छन् ।
उदयपुर जिल्लामा क्वारेन्टाईनमा रहेका ८८ जना घर फर्किएका छन् । प्रदेश १ मा उदयपुर जिल्ला सबैभन्दा बढी कोरोना संक्रमणको संख्या देखिएको जिल्ला हो ।










