गाडीको टायर पड्किँदा एक जनाको ज्यान गयो
हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार ००:४२
गाडीको टायर पडकिदा विराटनगरमा एकजनाको ज्यान गएको छ । टायरमा हावा भर्ने क्रममा सो टायर पड्किँदा भारत समस्तीपुरका २५ वर्षीय मोहम्मद हैदरको ज्यान गएको हो ।
विराटनगर वडा नम्बर १३ मा पञ्चर गाडीको टायर मर्मतपछि हावा भर्ने क्रममा टायर पड्किएर उनको ज्यान गएको प्रहरीले जनाएको छ । घट्नाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।