लियो क्लब अफ हेटौंडाको अध्यक्षमा श्रेष्ठ

लियो क्लब अफ हेटौंडाको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन भएका छन् । क्लबको २८ औं आज बुधबार भएको साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि श्रेष्ठले नेतृत्वको जिम्मा पाएका हुन ।
लायन्स वर्ष २०१४/१५ मा लियो क्लब अफ हेटौंडाको सदस्यबाट लियो यात्रा सुरु गरेका श्रेष्ठले २०१६/१७ मा क्लबको सह-सचिव, २०१७/१८ मा सचीव भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै २०१८/१९ मा द्वितीय उपाध्यक्ष, २०१९/२० मा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठले आउदो वर्ष भने क्लबको अध्यक्षको जिम्मेवारी पाएका हुन ।
नेतृत्व र व्यक्तित्व विकासका लागि लियो क्लबको महत्वोपुर्ण भुमिका रहने भएकाले आफू लियो सदस्य भएको श्रेष्ठ बताउछन् ।
सभाले क्लबको प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः अभिषेक धिताल र कमल घिमिरेलाई चयन गरेको छ भने सचिवमा कृष्टिना सुनुवार, कोषाध्यक्षमा सविना अधिकारी, सह- सचीवमा समीर सापकोटा र सह- कोषाध्यक्षमा आयुष शाहीलाई जिम्मेवारी दिइएको छ ।
क्लबको अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनीत गरिने बताइएको छ ।
लियो क्लब अफ हेटौंडा मकवानपुर जिल्लाकै सबै भन्दा पुरानो क्लब हो । क्लबले विभिन्न दिर्घकालिन योजनाहरुमा काम गरिरहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।











