नेकपाको सचिवालय बैठक निष्कर्ष बिहिन, अर्को बैठक २० गते बस्ने

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार ०३:५२
;

सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । पार्टी भित्रको आन्तरिक विवाद मिलाउन बसेको बैठकले कुनै औपचारिक निर्णय नै नगरी सकिएको हो ।

पछिल्लो समय पार्टीभित्र चर्को विवाद भइरहेका बेला विवाद समाधान गर्न बसेको नेकपाको सचिवालय बैठक बिना निर्णय सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय नभए पछि बैठक पुनः २० गते बस्ने गरि सकिएको उनले बताए । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*