लियो तिलोत्तमा भृकुटी टाउनको नेतृत्व थापाले गर्ने
लियो क्लव अफ तिलोत्तमा भृकुटि टाउनको अध्यक्षमा खोगेन्द्र सिंह थापा चयन भएका छन् । क्लबको पाचौ साधारण सभाबाट बाट वर्ष २०२०/२१ का लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो ।
सभाले क्लबको प्रथम उपाध्यक्षमा कमल वराल, द्वितीय उपाध्यक्षमा कृष्ण पाण्डे, तृतीय उपाध्यक्षमा उत्तम पोखरेल, सचिवमा रमन गुप्ता, कोषाध्यक्षमा खेम प्रसाद भट्टराई ,
सह-सचिव लमा नविन न्यौपाने र सह-कोषाध्यक्ष मा नितेश न्यौपाने चयन गरेको छ ।
अन्य पदाधिकारीहरु क्लबको पहिलो बैठकबाट मनोनित गर्ने छ ।
हाल बिश्व भरी फैलिएको कोरोना भाईरस को कारण ले गर्दा लक डाउनको नियन पालना गर्दै अनलाइन भिडियोमार्फत सभा संचालन गरिएको क्लबका निवर्तमान अध्यक्ष लिला मणि न्यौपानेले बताए ।