कोरोनाको कारण विश्वभर २ लाख २८ हजार बढिको मृत्यु

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार १४:५८
;

कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर २ लाख २८ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ लाख १७ हजार नाघेको छ । जसमध्ये ९ लाख ९९ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वभर ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् भने ८१ हजार ३ सय संक्रमित थपिएका छन् । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढी रहेको छ ।

महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमितमध्ये ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ । इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*