लियो हेटौंडा सुर्योदयको अध्यक्षमा लम्साल

लियो क्लब अफ हेटौंडा सुर्योदयको अध्यक्षमा लियो शुभम लम्साल चयन भएका छन् । क्लबको चौथो साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि लम्साललाई नेतृत्वको जिम्मेवारी दिएको हो ।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः लियो पृथ्वि नेपाल, सविन रिजाल र निकित पोखरेल चयन भएका छन् । सभाले क्लबको सचिवको जिम्मेवारी भने पुनः मुकेश प्रसाद कुशवाहलाई नै दिएको छ भने, कोषाध्यक्षमा सुवास भण्डारी, सह–सचिवमा राजेश लम्साल र सह–कोषाध्यक्षमा रमेश सापकोटालाई चयन गरेको छ ।
लियो क्लब अफ हेटौंडा सुर्योदय लायन्स वर्ष २०१६/१७ मा स्थापना भएको हो ।










