लायन्स क्लब अफ हेटौंडा सुर्योदयको अध्यक्षमा घिसिङ
लायन्स क्लब अफ हेटौंडा सुर्योदयको अध्यक्षमा लायन किशन घिसिङ चयन भएका छन् । क्लबको चौथो साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि घिसिङलाई क्लबको नेतृत्वको जिम्मेवारी दिएको हो ।
नेतृत्व क्षमतामा दख्खल राख्ने लायन्स वर्ष २०१६/१७ मा क्लबको संस्थापक सदसयका रुपमा लायन्स क्लबको यात्रा सुरु गरेका थिए । घिसिङले वर्ष २०१७/१८ मा क्लबको सचिवको जिम्मेवारी सम्हालेका थिए । लायन्स वर्ष २०१८/१९ मा क्लबको द्वितीय उपाध्यक्षको भुमिका निर्वाह गर्दै अघिललो वर्ष (२०१९/२०) मा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
घिसिङ अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिलला कार्यसमिति मकवानपुरको संयोजक समेत रहेका छन् ।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः गोविनद बर्तौला, उज्जवल बर्तौला र अमृत बर्तौला चयन भएका छन् । सभाले क्लबको सचिवको जिम्मेवारी भने श्रिराम खड्कालाई दिएको छ भने क्लबको कोषाध्यक्षमा शुशिला अर्याल चयन गरेको छ ।
लायन्स क्लब अफ हेटौंडा सुर्योदय लायन्स वर्ष २०१६/१७ मा स्थापना भएको हो भने संस्थापक अध्यक्ष लायन किशोर टण्डन हुन् ।