लायन्स क्लब अफ हेटौंडा सुर्योदय राइजिङ्गको अध्यक्षमा सुवेदी
लायन्स क्लब अफ हेटौंडा सुर्योदय राइजिङ्गकोे अध्यक्षमा लायन प्रकाश सुवेदी चयन भएका छन् । क्लबको तेस्रो साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि सुवेदीलाई क्लबको नेतृत्वको जिम्मेवारी दिएको हो ।
नेतृत्व र व्यक्तित्व विकासका लागि लायन्सको महत्वपुर्ण भुमिका रहने धारणका कारण सुवेदी लायन्स वर्ष २०१८/१९ मा लायन्स क्लबको महत्वपुर्ण स्थान प्रथम उपाध्यक्ष पदमा रहेर २ कार्यकाल जिम्मेवारी बहन गरीसकेका छन् ।
सुवेदी मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका उपाध्यक्ष समेत हुन् ।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः रेणुका बर्तौला, कृष्णदिप प्रधान र रविन थापा मगर चयन भएका छन् । सभाले क्लबको सचिवको जिम्मेवारी भने कपिल स्याङ्तानलाई दिएको छ भने क्लबको कोषाध्यक्षमा असिम पौडेल चयन गरेको छ ।
लायन्स क्लब अफ हेटौंडा सुर्योदय राइजिङ्ग लायन्स वर्ष २०१८/१९ मा स्थापना भएको हो ।