धरौटी बुझाएर छुट्ने वित्तिकै पुनः पक्राउ परे शुलभ अग्रवाल

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार २२:३८
;

थर्मल गन काण्डमा पक्राऊ परेका सुलभ अग्रवाललाई जिल्ला अदालत,काठमाडौंले २५ लाख धरौटी लिएर छाड्ने वित्तिकै पुनः पक्राऊ परेका छन् । शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई केहीबेर अघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

‘अग्रवाललाई सम्पत्ति शुद्धिकरण विभागले पनि छानबिन गर्ने भएपछि पक्राउ गरिएको बताईएको छ । अग्रवाललाई थर्मल गन कालोबजारी आरोपमा पक्राऊ परेकोमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

जगदम्बा स्टिल्स र जगदम्बा सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार रुपैया पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत पनि हुन् । अग्रवाललाई वाणिज्य दुतले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारीसहित पक्राऊ गरिएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*