भारतीय क्वारेन्टाइनबाट आएकालाई बैतडीको क्वारेन्टाइनमा पनि १४ दिन राखिने

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार २२:५१
;

भारतीय क्वारेन्टाइनमा रहेका दार्चुला, बैतडी र बझाङका करीब २ हजार नेपालीहरु आज आफ्नो गाऊँ फर्किएका छन । झण्डै एक महिना भारतको क्वारेन्टाइनमा बसेका उनीहरुलाई स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइनमा १४ दिन राखेर मात्रै आफ्नो घर जान दिईने भएको छ । 

भारतीय क्वारेन्टाईनबाट नेपाल प्रवेश गर्दा सिमानाकामा स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गर्न दिईएको थियो । सिमा नाकामा स्वास्थ्य परीक्षण गरिएको भएपनि कोरोनाको जोखिमको पहिलो अवधि १४ दिनको हुने भएकाले गाउँमा रहेको क्वारेन्टाईनमा राखिने भएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*