लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय

हेटौडा न्युज
१७ जेष्ठ २०७७, शनिबार २१:०८
;

मकवानपुर । सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिबार बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने र नेपाल ल्याएपछि काठमाडौंमा १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*