सरकारले निजी विद्यालयको शुल्क छुट निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्ने
सरकारले निजी विद्यालयको चैत महिनाको शुल्क छुट गर्ने निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयको चैत महिनाको शुल्क छुट गर्ने निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो ।
सरकारले गत चैत १६ गते नै चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय सञ्चालकहले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताउदै आएका छन् ।
एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने भएको छ । निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।