रोल्पामा विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पाको त्रिबेणी गाउँपालिका वडा नम्बर ७ नुवागाउँ दुम्ला खोला नजिक बिहिवार साँझ करीब ६ बजे बम बिस्फोट हुदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिबेणी गाउँपालिका वडा नम्बर ७ का १४ बर्षीय लोकीराम डाँगी, ११ बर्षिया बिमला खत्री, ५ बर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ बर्षीय गौरव नेपाली रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका घटना स्थलमा एउटा बम अझै रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताएका छन् । अध्यक्ष वलीका अनुसार मृत्यु हुने बालबालिका गाईवस्तु चराउन गएको बताईएको छ । सो बम तत्कालीन सशस्त्र द्वन्द्वताकाको हुन सक्ने अनुमान गरिएको छ ।
घटना स्थलमा प्रहरी र नेपाली सेनाकोे बम डिस्पोजल टोली त्यस तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।