लियो हेटौंडा सुर्योदयका निर्वाचित उपाध्यक्ष नेपाललाई लियोले सिकाएको पाठ

लियो पृथ्वी नपाल सामाजिक कार्य समर्पित नाम हो । लायन्स तथा लियो क्लब होस् वा अन्य कुनै सामाजिक संघ सस्था हरेक तवरले आफू भन्दा कम भाग्यमानीको सहयोग गर्न तयार देखिन्छन् उनी ।
प्रदेश नंम्बर २ को बारा जिल्लाको निजगढ नगरपालिका-७ मा जन्मिएका नेपाल हाल बागमती प्रदेशको राजधानी हेटौंडाको हेटौंडा उपमहानगरपालिका-४ का स्थानिय वासी हुन् ।
लायन्स वर्ष २०१६/१७ मा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ अन्तर्गत स्थापना भएको लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रम लियो क्लब अफ हेटौडा सुर्योदयको संस्थापक सदस्यबाट नेपाल लियो क्लबको यात्राम प्रबेश गरेका हुन् ।
वर्ष २०१६/१७ र २०१७/१८ मा संस्थापक सदस्यको भुमिका निर्वाह गरेका नेपालले वर्ष २०१८/१९ मा लियो क्लब अफ हेटौंडा सुर्योदयको सह- सचिवको भुमिका पुर्ण रुपमा निर्वाह गरेका थिए । वर्ष २०१९/२० मा क्लबको महत्वपूर्ण द्वितीय उपाध्यक्षको जिम्मेवारी बहन गरेका नेपालले आउदो वर्ष २०२०/२१ का लागि भने प्रथम उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।
विगतका चार वर्षको लियो यात्राबाट नेतृत्व र व्यक्तित्व विकासमा गतिलो फड्को मारेका नेपाल लियो बाट आफुले धेरै कुरा सिक्न पाएको बताउछन् ।
लियोबाट आफ्नो नेतृत्व, व्यक्तित्व मात्र नभइ मित्रताको घेरा समेत फराकिलो भएको उनको अनुभव छ । उनले भने पहिले आफूलाई कसैको अगाडि बिषय बस्तुमा केन्द्रीत भएर बोल्न असजिलो महसुस हुने गरेको थियो तर लियो क्लबमा प्रवेश गरे पश्चत आफुमा बोल्ने बानीको पनि विकास भएको छ ।











