भारतमा कोरोनाका कारण १ हजार बढिको मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ । भारतमा पछिल्ला २४ घन्टामा कोरोना भाइरसका कारण १ हजार ९ सय ९३ नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको कारण अहिलेसम्म भारतमा १ हजार १ एक सय ५४ जनाको मृत्यु भएको छ, भने ९ हजार ६८ जना निको भएका छन् ।
भारतमा बिहिबार सबैभन्दा धेरै संक्रमित महाराष्ट्र तथा गुजरातमा भेटिएका हुन् । भारतमा ३ मे मा अहिले आह्वान गरिएको लकडाउन सकिँदै छ । तर, कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यसलाई थप केही समय लम्ब्याइने अनुमान अब बढ्न थालेको छ ।










