जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेटमा लायन्सको स्वचालित सेनिटाइज टनेल

हेटौडा न्युज
१९ बैशाख २०७७, शुक्रबार १७:१८
;

हेटौंडाका लायन्स तथा लियो क्लबहरुले संचालन गरेको हामी छौं अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अटोमेटिक सेनिटाइज टनेल मेसिन जडान गरेको छ ।  आज शुक्रबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट अगाडी सेनिटाइज टनेलको उद्घाटन गरेका हुन् ।

देश विप्दको अवस्थामा रहेको बेला प्रहरी कार्यालयमा विभिन्न व्यक्तिहरुको आवतजावतले विप्द व्यवस्थापनमा खटिएका प्रहरीहरु नै कोरोना संक्रमणको जोखिममा रहेकाले जोखिम रोकथाम तथा  नियन्त्रणका लागि आफ्नै खर्चमा स्थानिय स्रोत साधनको प्रयोगबाट टनेल निर्माण गरी जडान गरीएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका प्रभम भाइस गभर्नर लाया शम्भु नकर्मीले बताए । 

""

नकर्मीका अनुसार टनेल निमार्णमा करिब ५० हजार खर्च लागेको र सो खर्च मकवानपुर जिल्ला भरी रहेका लायन्स तथा लियो सदस्यहरुबाट जुटाइएको बताए । कोरोनासँग लड्न सरकार र प्रशासन लाई सघाउन लायन्स तथा लियो क्लब हरुको महत्वपुर्ण भुमिका रहने बताउर्दै केहि दिनमा नै अटोमेटिक ह्याण्ड सेनिटाइज टनेल राख्ने योजना रहेको उनले बताए । टनेल निर्माणको काम भइरहेको र अब केहि दिनमा नै प्रयोगमा आउने उनले बताए ।

जिल्लामा सक्रिय रुपमा रहेको लायन्स क्लबकाहरुको सहयोगमा हेटौंडा बजार क्षेत्रका चोकहरुमा कण्टाक्ट लेस हात धुने धाराहरु राखेको लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ की एरिया को–चिफ लायन टासी डोल्मा तुम्वाहाङ्फेले बताएकी छिन् । तुम्वाहाङ्फेलेका अनुसार एउटा धारा निर्माण गरी संचालनमा ल्याउदा सम्म २५ हजार खर्च लाग्ने र हालसम्म हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न चोकहरुमा ८ वटा कण्टाक्ट लेस हात धुने धाराहरु संचालन गरीसकेको बताइन् । आज मात्र थप २ वटा धारा राख्ने कार्यक्रम तय भएको तुम्वाहाङ्फेले बताइन् ।

यसअघि लायन्स तथा लियो क्लबहरुले अभियान मार्फत् पैदल यात्रु र सुरक्षाकर्मीका लागि लक्षित गरी दिवा खाजा वितरण गर्दै आएका थिए भने दैनिक ज्यालादारी गरी जिविका चलाउर्दै आएका ६ सय ७०  परिवारलाई राहत समेत वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*