कोरोना संक्रमितका सम्पर्कमा आएका सबैको रिर्पोट निगेटिभ

हेटौडा न्युज
१९ बैशाख २०७७, शुक्रबार १७:५१
;

रौतहटका कोरोना संक्रमितका सम्पर्कमा आएका ४७ जनाको कोरोना भाइरस परिक्षणको  रिर्पोट निगेटिभ आएको छ । गत मंगलबार रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकामा २ जना कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा उनीहरूको परिवार र सम्पर्क आएका व्यक्तिहरूको स्वाव परिक्षणको क्रममा नेगेटिभ रिपोर्ट आएको  प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरेले जानकारी दिए । 

रौतहटका दुई जना कोरोना संक्रमितहरूका परिवारका सदस्य , नजिकका आफन्त सहित उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखेर स्वाव संकलन गरी परिक्षणको लागि मंगलबार केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएको र परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो सिडियो घिमिरेले बताए। 

हाल सबै ४७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनमै राख्ने कि घर पठाउने भन्ने बारे स्वास्थ्य विज्ञहरूसँग छलफल भइरहेको सिडियो घिमिरेले बताए । 

रौतहटमा बुधबारबाट सुरु भएको मास परिक्षण अन्तर्गत हालसम्म बृन्दावन नगरपालिका–९ भुसाहाका २१ जना चन्द्रपुर  नगरपालीकाको २ जना, देवाहीगोनाही नपाको १३, ईशनाथ नपाको १९, कटहरिया नपाको ३१, फतुवा विजयपुर नपाको ३ तथा गौर र गरुडा नगरपालीकाको १—१ जनाको गरी ९१ जनाको परिक्षण गरिएको र परिक्षण गरिएका  ९१ जनाकै रिर्पोट नेगेटिभ आएको उनले जानकारी दिए । 

रौतहटमा हालसम्म  तीन जनामा कोरोना भाइरस संक्रमण भेटिए छ भने एक जना उपचार पश्चात् निको भएर भएर घर फर्किसकेका छन् । संक्रमितहरुको नारायणी उप–क्षेत्रीय कोरोना विशेष अस्पताल विरगंजमा उपचार भइरहेको छ । उनीहरू दुबैजनाको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*