दुग्ध उत्पादक कृषकहरुले अनुदान पाए
-1588320940.jpg)
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा दुग्ध उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट प्राप्त अनुदान रकम दुग्ध उत्पादक कृषि सहकारी संस्थाका सदस्यहरुलाई शुक्रबार वितरण गरिएको हो ।
गत २०७५ श्रावण १ गतेदेखि २०७६ असार मसान्तसम्म दुग्ध विक्री गरेको परिमाणको आधारमा प्राप्त अनुदान वितरण गरिएको संस्थाका रामहरी पोखरेलले जानकारी दिएका छन् । संस्थाका लागि प्रदेश मन्त्रालयबाट २ लाख ७८ हजार ४ रुपैयाँ अनुदान रकम प्राप्त भएको थियो ।
अनुदानबाट संस्थामा आवद्ध घरेडीडाँडा, हात्तिगौँडा लगायतका कृषकहरु लाभान्वित भएका छन् । अनुदान वितरण कार्यक्रम संस्थाका अध्यक्ष मधुसुदन नेपालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको उपस्थितिमा भएको थियो ।











