लायन्स हेटौंडा पाथीभराको अध्यक्षमा विष्ट
हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार ०२:१६
लायन्स क्लब अफ हेटौंडा पाथीभराको अध्यक्षमा लायन मिरा विष्ट चयन भएकी छिन् । क्लबको साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि विष्टलाई क्लबको नेतृत्व हस्तान्तरण गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा आभाष अधिकारी, द्वितीय उपाध्यक्षमा मनिशा घले थापा चयन भएका छन् ।
सभाले सचिवमा मेनुका पराजुली र कोषाध्यक्षमा सुशीला खनाललाई जिम्मेवारी दिइएको छ ।