राहतमा विभेद गरेको भन्दै स्थानीयद्वारा वडा कार्यालय घेराऊ
वडा अध्यक्षले राहत वितरनमा विभेद गरेको भन्दै आज शनिवार स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडा अध्यक्ष विरुद्ध चर्को नाराबाजी गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालय स्थानीयहरुले घेराऊ गरेका हुन् ।
अहिले वडा कार्यालयलाई जनपद प्रहरी र सशस्त्र प्रहरीले वडा कार्यालयसहित अध्यक्षलाई सुरक्षा दिएका छन ।
गरीब तथा विपन्नलाई छोडेर राहत वितरण गरिएको स्थानीयको आरोप छ भने, आफ्नो विरुद्ध विपक्षीले बदनाम गर्न मित्थ्या आरोप लगाएको वडा अध्यक्ष पुण्य प्रताप यादवले बताउँदै आएका छन् ।










