नीतुले  इन्स्टाग्राममा ऋषि कपुरको तस्बिर राख्दै लेखिन् “हाम्रो कहानी सक्कियो”

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार २०:२८
;

अभिनेत्री नीतु कपुरले इन्स्टाग्राममा श्रीमान् ऋषि कपुरलाई सम्झँदै हाँसी रहेको तस्बिर राखेकी छन्। तस्बिरमा ऋषि ह्वस्कीको गिलास हातमा लिएर मुस्कुराइरहेका छन्। २ वटा लभ साइनको इमोजी राखिन् र लेखिन् हाम्रो कहानि सक्कियो।

बिहीबार बिहान ऋषिको निधन भएको थियो। उनी २ वर्षदेखि ल्युकेमिया रोगसँग लडिरहेका थिए। फिल्म क्षेत्रमा सक्रिय रहेकै बेला नीतुको ऋषिसँग विवाह भएको थियो। उनी त्यो बेला २१ वर्षकी थिइन्। दुवैको प्रेम विवाह भएको थियो। 

जहरीला इन्सानु नामको फिल्ममा अभिनय गर्ने क्रममा दुवैको भेट भएको थियो। सँगै काम गर्दागर्दै दुवै प्रेममा परेपछि कपुर परिवारको एक सदस्यको विवाहको समयमा ऋषिले नीतुसँग विवाहको प्रस्ताव राखेका थिए। उनी पनि सहमत भइन् र दुवैको विवाह भएको थियो। 

जुन उमेरमा अन्य फिल्म क्षेत्रमा प्रवेश गर्छन्, त्यो उमेरमा नीतुले विवाह गरेर अभिनय गर्न छाडेकी थिइन्।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*