टिभीबाट एसईइ तयारी कक्षा प्रशारण हुने

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार ०१:४६
;

नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका एसईइ परीक्षा दिने तयारिमा रहेका विद्यार्थीलाई लक्षित गरी प्रविधिको माध्यम मार्फत् पुनर्ताजगी कक्षा संचालन गर्ने भएको छ ।  संघले स्थानिय टिम टेलिभिजन, हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा लकडाउन अबधिमा घरमा नै बसिरहेका एसईइ परीक्षा दिने तयारीमा रहेका बिद्यार्थिहरुका लागि टीम टेलिभिजन तथा टीम टेलिभिजनको अफिसियल फेस बुक र युट्युब मार्फत विभिन्न विषयका तयारी कक्षाहरु संचालन गर्ने भएको हो । 

तयारी कक्षालाई हेटौंडा उपमहानगरपालिकाको प्रायोजन गरेको छ । लकडाउनका कारण एसईइ परिक्षाको मितिको प्रतिक्षामा रहेका बिद्यार्थीहरुलाई लक्षित गरी संघको सहकार्यमा अनिवार्य बिषयहरु अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयहरुको दैनिक पुनर्ताजगी तयारी कक्षा भोली  २१ गते आइतबारबाट नियमित रुपमा संचालन गर्ने भएको छ । 

संघले एक सुचना जारी गर्दै सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सहजीकरणका लागि आग्रह समेत गरेको छ । दैनिक बिहानको १० बजे देखि मध्यान्न १२ बजे (२ घण्टा) सम्म संचालन हुने तयारी कक्षाको पुनः प्रसारण सोहि दिन सांझ ५ बजे देखि ७ बजे सम्म हुने संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*