विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न नेवि संघ माग
नेपाल विद्यार्थी संघ (नेवि संघ) ले विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गर्दै नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाएको छ।
नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गर्दै नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीलाई आइतबार संघका महामन्त्री बलदेव तिमल्सिनासहितको टोलीले ज्ञापनपत्र बुझाएको हो।
सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट विद्यार्थीलाई सेवा दिन संघले आग्रह गरेको छ। अनलाइन विधिमार्फत अध्ययन पद्धति सुरु भइरहेको समयमा विद्यार्थीलाई आर्थिक बोझ थपिएकाले त्यसप्रति ध्यान पुर्याउन संघले ध्यानाकर्षण गराएको छ।