नेपालगञ्जमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार २२:३१
;

नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*