कोरोनाका कारण विश्वभर करिब २ लाख ५० हजार जनाको मृत्यु, संक्रमितको संख्या ३५ लाख नाघ्यो

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार २३:०५
;

विश्वभर कोरोना भाइरसका कारण २ लाख ४५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, भने संक्रमितको संख्या ३५ लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण २ लाख ४५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भइरहदा ११ लाख २८ हजार ५ सय भन्दा बढि व्यक्ति उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा मात्र ६७ हजार भन्दा बढि व्यक्तिको मृत्यु भइसकेको छ भने ११ लाख ६० हजार ९ सय ९६ जना व्यक्ति भाइरसबाट संक्रमित भएका छन् । अमेरिकामा १ लाख ७३ हजार ७ सय २५ जना उपचार पछि निको भएका छन् । 

स्पेनमा भने कोरोना भाइरसका कारण २५ हजार १ सय जना व्यक्तिको मृत्यु भइसकेको छ । २ लाख ४५ हजार ५ सय ६७ जना व्यक्ति भाइरसबाट संक्रमित भएका छन् भने १ लाख ४६ हजार २ सय ३३ जना उपचार पछि निको भएका छन् । 

""

त्यस्तै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ७ सय १० रहेको छ । २ लाख ९ हजार ३ सय २८ संक्रमित रहेकामा ७९ हजार ९ सय १४ जना उपचार पछि निको भएका छन् । 

उता बेलायतमा भने कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ रहेको छ भने १ लाख ८२ हजार २ सय ६० संक्रमित रहेका छन् । 

नेपालमा भने हालसम्म ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने १५ जना व्यक्ति उपचार पश्चात निकोभएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*