बलात्कारको आरोपमा एक जना पक्राउ
प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको शान्तिनगर गाउँपालिका–४ निवासी एक किशोरीमाथि बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएका अवस्थामा चौधरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।
बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन–२०७४ को करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ ।