नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

हेटौडा न्युज
२२ बैशाख २०७७, सोमबार ०२:१४
;

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि आइतबार नै नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिन अघि नपालगन्जमा नै एक ६० वर्षीय वृद्धलाई कोरोना संक्रमण देखिएको र उनको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*