लकडाउन खोल्ने बारे सुरक्षा निकायको प्रतिवेदन यस्तो छः

हाल नेपालमा जारी लकडाउनको विकल्प बारे सुरक्षा निकायहरुको छलफल भएको छ । लकडाउन जारी राख्ने कि खोल्ने भन्ने विषयमा सुरक्षा निकायले छलफल गरी प्रतिवेदन तयार पारेर कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति र गृह मन्त्रालयमा बुझाएको छ ।
चैत ११ गतेबाट जारी लकडाउन वैशाख २५ गते सकिदै छ । लकडाउनको मिति थप्ने वा खोल्ने विषयमा छलफल भइरहदा नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।
सुरक्षा निकायले संक्रमण जोखिमका आधारमा नेपाललाई ३ क्षेत्रमा छुट्याएको छ । सुरक्षा निकायको प्रतिवेदन अनुसार संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो संकेत गरी तीन क्षेत्रमा ७७ जिल्लालाई छुट्याएको छ ।
प्रतिवेदनमा २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ ।
जसमा प्रदेश १ का ताप्लेजुङ, भोजपुर, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा इलाम गरी ८ जिल्ला, प्रदेश २ का सबै (बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी) ८ जिल्ला, बागमती प्रदेशको काडमाण्डौं र चितवन गरी २ जिल्ला, गण्डकी प्रदेशको एक बागलुङ जिल्ला, प्रदेश ५ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला र सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला गरी ४ जिल्लालाई रातो अर्थात् उच्च जोखिममा राखिएको छ ।
रातो क्षेत्रमा परेका २९ जिल्लामध्ये हाल संक्रमण पुष्टि भएका बागलुङ, बाँके, भोजपुर, चितवन, धनुषा, झापा, कैलाली, काठमाडौं, कञ्चनपुर, पर्सा, रौतहट, रूपन्देही, उदयपुर र बारा जिल्ला छन् । ती जिल्लामा थप १५ दिनसम्म लकडाउन जारी गर्न उपयुक्त हुने सुरक्षा निकायको सुझाव छ ।
यस्तो प्रस्तावबारे छलफल भइरहे पनि यो नै अन्तिम नभएको गृह मन्त्रालयले जनाएको छ ।
सुरष्ँ ीन्क्ँइल्े पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै हरियो क्षेत्रमा लकडाउन खुकुलो पार्ने र सामाजिक दूरी कायम हुने गरी गतिविधि जारी राख्ने तर रातो र पहेंलो क्षेत्रबाट यस जिल्लामा प्रवेश निषेध गराउने मोडलबारे छलफल भ्यरह्ेक्ँे छ ।
भारतसँग सिमाना जोडिएका जिल्ला र तीसँग निकट रहेका क्षेत्रमा थप संवेदनशील हुनुपर्ने विषयमा कुरा भइरहेको बताइएकको छ ।