कर्णाली प्रदेशका सबै सीमानाका १ साताका लागि पुर्ण रुपमा बन्द

हेटौडा न्युज
२२ बैशाख २०७७, सोमबार २३:३९
;

कर्णाली प्रदेशका सबै सीमानाका १ साताका लागि पुर्ण रुपमा बन्द हुने भएको छ । कर्णाली प्रदेश सरकारले छिमेकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेकाले सबै सीमानाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज सोमबार बसेको बैठकले छिमेकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेकाले प्रदेशभित्र संक्रमणको जोखिम नियन्त्रणका लागि सीमानाका १ हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर ५ को नेपालगञ्जमा कोरोना सङ्क्रमितको संख्या बढेपछि कर्णाली प्रदेश सरकारले पनि उच्च सतर्कता अपनाउने कार्ययोजना बनाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

भारतसँग सीमानाका जोडिएका बाँके र त्यससँग सीमानाका जोडिएको कर्णालीमा पनि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने संभावनालाई ध्यानमा राखेर प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी जनाइएको छ ।

सीमानाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिकको आवतजावत रोक्ने र सीमानाकामा परीक्षण बढाउने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*