हेटौंडाको मणी खाद्यान्नलाई साढे २ लाख रुपैया जरिवाना

हेटौडा न्युज
२२ बैशाख २०७७, सोमबार २३:४२
;

४ दिन अघि कम तौल भएको चामल बिक्री गरेको र अनुगमन टोलीकै अगाडी प्रमाण नष्ट गर्ने प्रयास गरेको हेटौंडाको मणी खाद्यान्न स्टोर लाई घरेलु कार्यालय मकवानपुरले २ लाख ५० हजार रुपैया जरिवाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय,  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त बजार अनुगमन गर्दा सो स्टोरको गोदाममा रहेको शील प्याक चामल दोहोर्याएर सिलाई गरेको र तौल पनि घटी भएको फेला पारेको थियो । सञ्चालक अधिकारीले भने मुसाले चामल खाएर तौल घटी भएको दाबी गर्दै आएकोे भएपनि शील प्याक चामलको बोरामा कतै प्वाल नपरेको अनुगमन टोलीले बताएको छ । 

""

अनुगमन टोलीले मुचुल्का लेख्न व्यस्त भएको मौका छोपी झुक्याउँदै सञ्चालक काव्यमणी अधिकारीले प्रमाण नष्ट गर्न तौल घटी भएका चामलको शील ब्लेडले काट्दा काट्दै अनुगमन टोलीले फेला पारेको थियो । सञ्चालक अधिकारीले प्रमाण नष्ट गरेको समेत फेला पारेपछि सो स्टोरको चामल गोदाममा अनुगमन टोलीले शील लगाएको थियो । अनुगमनको क्रममा सो स्टोरमा म्याद गुज्रिएका मुसुरोको दाल समेत फेला पारेको थियो । 

मकवानपुर उद्योग वाणिज्य संघका सचिव तथा प्रवक्ता समेत रहेका काव्यमणी अधिकारी सञ्चालक रहेको सो स्टोरलाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६१ को घ २ बमोजिम जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहालले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*