लकडाउनकोबारे थप छलफल पछि मात्र निर्णय गरीने
कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिले लकडाउन बारे थप छलफल गरेर मात्र निर्णय गर्ने भएको छ । सोमबार बसेको समितिको बैठकले लकडाउनबारे गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफल गरेर मात्र निर्णय गर्ने भएको हो ।
गत चैत ११ गते देखि जारी लकडाउनको मोडालिटीबारे समितिले मन्त्रालयसंग छलफल अघि बढाएको हो । बैठकमा लकडाउनमा जनजीवन सामान्य बनाउने विषयमा छलफल र समिक्षा भएको छ । अझैपनि थप तथ्यांक प्रदेश र स्थानीय तहबाट लिने क्रम जारी छ ।
अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी रहेकोले मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे मन्त्रीपरिषदलाई खाका पठाउने जानइएको छ ।
यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।