११ लाख ९४ हजारभन्दा बढि व्यक्ति कोरोना संक्रमणबाट मुक्त

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १४:१४
;

कोरोनाका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३६ लाख ४५ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ भने ११ लाख ९४ हजार ९ सय ७१ जना व्यक्ति उपचारपछि निको भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

""

कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा बढि ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख १२ हजार ८ सय ३५ रहेको छ । १ लाख ८८ हजार २७ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ८४ हजार ३ सय १ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । १ लाख ५१ हजार ६ सय ३३ जना उपचारपछि निको भएका छन् ।

यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ भने २९ हजार ७९ जनाको मृत्यु भएको छ । इटलीमा उपचारपछि निको हुनेको संख्या भने ८२ हजार ८ सय ७९ जना रहेको छ ।

""

नेपालमा भने ८२ जना संक्रमित फेला परेकोमा १५ जना उपचारपछि निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*