नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १४:२८
;

 नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ७ जनामा कोरोना संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको  जनाएको छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*