जिल्ला सहकारी संघले थाहा नगरको तरकारीको व्यवस्थपनका गर्ने 

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १८:३६
;

मकवानपुर जिल्ला सहकारी संघले थाहा नगरपालिकामा उत्पादन भएकमा तरकारीको उचित बजार ब्यवस्थापनका लागी बजारिकरण सुरु गर्ने भएको छ । संघले हिजो सोमबार थाहा नगरपालिकाका स्थानीय सहकारीसंग छलफल गरि थाहानगरपालिका क्षेत्रमा उत्पादन भएका तरकारीकको व्यवस्थापनका लागि उचित बजारिकरण गर्ने भएको हो । 

लकडाउनका कारण मकवानुरको थाहानगरपलिका उत्पादित तरकारीले उचित बजार नपाएकाले कृषकहरु मारमा परेका कारण संघले तरकार।ीको व्यवस्थापनका लागि बजारीकरण गर्ने भएको हो । 

कोरोना भाइरस संक्रमणकको जोखिम रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउा गरेसंगै थाहा नगरपालिकामा उत्पादित तरकारीले बजार पाउन नसकेका कारण कृषकहरु तरकारी नक्ष्ट गर्न बाध्य भएका थिए । 

छलफलमा संघ अध्यक्ष नारायण प्रसाद देबेकोटा, पदेन सदस्य बद्री प्रसाद लम्साल, कोषाध्यक्ष बिमलकुमार ढकाल, मकवानपुर जिल्ला बचत संघका सचिब बिरेन्द्र कुमार ढुंगाना, सदस्य फणीन्द्र सुबेदि, कृषि सहकारी संघ मकवानपुर सदस्य  राजकुमार के सी,  पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिब अरुण रायमाझी, श्री जनशक्ति कृषक सहकारी सस्थाका अध्यक्ष बिमल केसी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*