भीमफेदी गाउँपालिकाका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार २१:२७
;

भीमफेदी गाउँपालिकामा कार्यरत एक प्राविधिकमा हिजो आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिजल्ट आएको छ । उनी २ दिन अघि सप्तरी घरबाट कार्यालयमा हाजिर हुन आएका थिए । 

पालिकामा आएपछि उनलाई भीमफेदीमा कोरोना संक्रमण परीक्षणको विधि मध्य आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई हेटौंडा–४ को आईसुलेशनमा राखि स्वाव परीक्षण गरिएको थियो । उनको कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा पिसिआर परिक्षण गर्दा भने नेगेटिभ नतिजा आएको थियो । 

गाउँपालिकामा प्राविधिक रुपमा कार्यरत उनमा आरडिटी पोजेटिभ आएपछि उनीसँग सम्पर्क आएका सबैलाई निगरानीमा राखिएको थियो । अहिले उनी डिस्चार्ज भएर कार्यक्षेत्रमा जाने तरखरमा रहेको आईसुलेशन वार्डका इञ्चार्ज भोला चौलागाईले जानकारी दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*