बलत्कारको आरोपमा घटनास्थलबाटै एक युवक पक्राउ

सप्तरीमा घटनास्थलबाटै बलत्कारको आरोपमा एक युवक पक्राउ गरीएको छ । सप्तरीको राजगढ गाउँपालिकामा बलात्कार गरेको आरोपमा गाउँलले घटनास्थलबाटै एक युवकलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भु कुमार राम रहेको प्रहरीले जनाएको छ । ती युवकले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । युवकलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी कुटपिट समेत गरेका छन् ।
गाउलेले युवकलाई सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएपछि पीडितका बुवाले आज मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण र प्रारम्भिक वयानपछि घटनास्थलबाट पक्राउ परेका आरोपित विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरिएको बताइएको छ ।
आइतबार राति किशारी घरमा सुतिरहेका बेला आरोपित युवकसहित अपरिचित अन्य दुई जना घर भित्र प्रवेश गरी बलात्कार गरेको जनाइएको छ । उनीसँगै आएका अपरिचित अन्य दुई जना फरार रहेका छन् ।











